१४ चैत २०७९,
काठमाडौं ।
नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ । पार्टी कार्यालयमा दिउँसोका लागि सचिवालयको बैठक बोलाइएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
एकीकृत समाजवादीका नेताहरुले मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेलगत्तै समाजवादीले बैठक बोलाएको हो । बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा छलफल र आवश्यक निर्णय हुने बुझिएको छ ।
यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्डसँग एकीकृत समाजवादीका नेताहरुले आफूहरुले पाउने मन्त्रालय र संख्याबारे छलफल गरेका थिए ।