Google search engine

युरोकप छनोटमा फ्रान्स, नेदरल्यान्ड्स, अस्ट्रिया र स्वीडेन विजयी

१४ चैत २०७९,
काठमाडौं ।

विश्व कप उपविजेता फ्रान्सले युरो कप सन् २०२४ को छनोटमा लगातार दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा फ्रान्सले घरेलु टोली आयरल्यान्डलाई १–० गोलले हरायो ।

फ्रान्सको जितमा दोस्रो हाफमा बेन्जामिन पाभार्डले गरेको गोल नै निर्णायक भयो । फ्रान्सले अघिल्लो खेलमा नेदरल्यान्ड्सलाई ४–० गोलले हराएको थियो ।

यस्तै, आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्सले जिब्राल्टारमाथि ३–० गोलको सहज जित निकालेको छ । अन्य खेलमा अस्ट्रिया र स्वीडेन विजयी भएका छन् । अस्ट्रियाले घरेलु मैदानमा इस्टोनियामाथि २–१ गोलको जित निकालेको हो।

स्वीडेनले अजरबैजानमाथि ५–० गोलको फराकिलो जित हात पारेको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine