नमोबुद्ध, काभ्रे ।
नमोबुद्ध नगरपालिकाले पालिका भित्रका सहकारी संस्थाका व्यवस्थापकलाई सहकारी तथा गरिबी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) सम्वन्धी अभिमुखिकरण गरेको छ ।
नगर क्षेत्रका २० सहकारी संस्थाका व्यवस्थापकलाई सहभागी गराएर कोपोमिस बारे अभिमुखिकरण गराएको सहकारीको समेत जिम्मेवारी महिला, बालबालिका तथा समाज कल्याण उपशाखा प्रमुख तारादेवी सुनुवारले जानकारी दिइन् ।
कोपोमिस विज्ञ रहेका कम्प्युटर इञ्जिनियर आमोद पुडासैनीले कोपोमिसका प्राविधिक पक्षबारे प्रशिक्षण दिएका थिए । कोपोमिस सहकारी क्षेत्रको सूचना, तथ्यांकहरुलाई नियमित, विश्वसनिय, वास्तविक बनाई व्यवस्थापन सूचना प्रणालीमा आधारित अनुगमन, नियमन पद्धति स्थापित गर्न तयार गरिएको आधुनिक सूचना प्रणाली हो ।