Google search engine

आगलागी पीडितलाई तरुण दलको सहयोग

काभ्रे ।

काभ्रेको महाभारत गाउँपालिका–२, चिसापानीटारमा भएको आगलागी घटनाका पीडितलाई नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलले सहयोग गरेको छ । हालै भएको घटनामा स्थानीय पदमबहादुर गोलेको घर जलेर पूर्ण रुपमा क्षति हुनुका साथै खाद्यान, लत्ताकपडा र पशुचौपाय जलेर नष्ट भएका थिए ।

नेपाल दरुण दल काभ्रेको प्रदेश सभा १ (क) का सभापति राम लामाले व्यक्तिगत सहयोग स्वरुप ६५ हजार बराबरको खाद्यान्न, लत्ताकपडा लगायत अत्यावश्यक सामाग्री हस्तान्तरण गरेका हुन् ।

महाभारत गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष पदम बहादुर मोक्तानको रोहवरमा राहत वितरण गरिएको थियो । राहत वितरण कार्यक्रममा काभ्रे प्रदेश १ (क) का सभापति रामबहादुर योञ्जन, प्रदेश १ (क) का कोषाध्यक्ष रमेश तामाङ, प्रदेश १ (क) का प्रचार विभाग प्रमुख विकास लामा, महाभारत तरुण दलका सभापति सरोज कुमार मोक्तान, महाभारत नेपाली कांग्रेस वडा नं. २ का सभापति दमाई सिं वाइबा लगायतको उपस्थिति थियो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine