Google search engine

मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे प्रचण्ड, देउवा र नेपालबीच छलफल

१३ चैत २०७९,
काठमाडौं ।

मन्त्रिपरिषद् विस्तारमा सहमति जुटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल छलफलमा जुटेका छन् । सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल भएको हो ।

प्रधानमन्त्री प्रचण्डले मंगलबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेको सन्दर्भमा दलहरुबीच छलफल भएको हो । छलफलमा मन्त्रिपरिषद् विस्तारका लागि भोलि अपराह्न ४ बजे गठबन्धन दलको बैठक बोलाउने समझदारी भएको छ ।

चैत ६ गते दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री दाहालले मन्त्रिपरिषदलाई अझै पूर्णता दिन सकेका छैनन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine