१३ चैत २०७९,
काठमाडौं ।
नेपाल प्रहरीका ४ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन्।
सोमबार बिहान बसेको बढुवा समितिको बैठकले डीआईजीहरू सन्दीप भण्डारी, सुदीप गिरी, मीरा चौधरी र टेकबहादुर तामाङलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो।
यसअघि गत असार १४ गते डीआईजीमा बढुवा हुँदाको वरीयताअनुसार नै एआईजी बढुवा सिफारिस गरिएको हो। असारमा १७ जना एकसाथ डीआईजीमा बढुवा भएका थिए।
उनीहरूभन्दा अघिल्लो वरीयतामा रहेका वसन्तबहादुर कुँवर आईजीपी भइसकेका छन्। टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य पनि एआईजी भइसकेका छन्।
चैत ११ गतेदेखि एआईजीहरू सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनीले अवकाश पाएका थिए भने कुँवर आईजीपीमा बढुवा भएपछि नेपाल प्रहरीमा चार एआईजी रिक्त भएको थियो।