Google search engine

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र

१२ चैत २०७९,
काठमाडौं ।

लुम्बिनी प्रदेश नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिएको छ । एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीनै जना मन्त्रीले आइतबार राजीनामा बुझाएका हुन् । ।

लुम्बिनी प्रदेश सरकारमा माओवादीबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए । एमाले नेतृत्वको सरकारमा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत पार्टी सहभागी थिए ।

माओवादी सरकारबाट बाहिरिएसँगै उसले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री लिला गिरी अल्पमतमा परेका छन् । अब मुख्यमन्त्री गिरीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine