Google search engine

प्रहरी महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त

१० चैत २०७९,
काठमाडौं ।

नेपाल प्रहरीको महानिरीक्षकमा वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको हो ।

सरकारले केही दिनअघि पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षकमा बढुवा गरेको थियो । बढुवा भएका मध्येबाट पहिलो वरीयतामा रहेका वसन्त कुँवर महानिरीक्षकमा नियुक्त भएका हुन् ।

यो नियुक्तिसँगै कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक (आईजीपी) बनेका छन् । कुँवरले आइतबारदेखि कार्यभार सम्हाल्ने छन् । ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राति १२ बजेबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकास पाउनलागेकाले नयाँ आईजीपी नियुक्त गरिएको हो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine