Google search engine

बाग्मती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले पाए विश्वासको मत

१० चैत्र २०७९,

मकवानपुर ।

बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत प्राप्त गरेका छन् ।

प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री जम्मकट्टेलको पक्षमा ६७ मत र विपक्षमा १७ मत परेको हो । मत दिन्न भन्नेमा सात मत परेको थियो ।

प्रदेशसभामा नेपाली कांग्रेसको ३७, नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्रको २१, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३, नेकपा एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसानको ३ र हाम्रो नेपाली पार्टीको २ गरी ११० सदस्य रहेका छन् । प्रदेशसभामा आज ९१ प्रदेशसभा सदस्यको उपस्थिति रहेको थियो ।

नेकपा एमालेसहितको समर्थनमा मुख्यमन्त्री बनेका जम्मकट्टेलले संघीय सरकारमा गठबन्धन फेरिएपछि दोस्रोपटक विश्वासको मत लिएका हुन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine