Google search engine

आईजीपीबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै

१० चैत्र २०७९,
काठमाडौं ।

प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्न आज मन्त्रिपरिषदको बैठक बस्दैछ । बैठक अपराह्न ४ बजे सिंहदरबारमा बस्न लागेको हो ।

आजको बैठकले प्रहरी महानिरीक्षक नियुक्तिबारे निर्णय गर्ने बताइएको छ । आज मध्यरातिदेखि प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकासमा जान लागेकाले नयाँ नियुक्तिको तयारी गरिएको हो ।

यस्तै, प्रहरी महानिरीक्षक सिंहसहित अन्य ९ जना उच्च प्रहरी अधिकृत पनि शनिवारबाट अवकाशमा जाँदैछन् । अवकाश हुन लागेका आईजीपी सिंह सहितका उच्च अधिकृतहरूलाई प्रहरी प्रधान कार्यालयमा बिदाइ गरिँदै छ ।

अवकाश हुनेमा ३ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), ३ जना डिआइजी र दुईजना एसएसपी छन् । अवकाश हुनेमा एआईजीहरु सहकुलबहादुर थापा, उत्तमराज सुवेदी र दिवेश लोहनी छन् । डिआइजीहरू नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य र मसाउद आलम खाँ पनि अवकाशमा जाँदै छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine