Google search engine

कांग्रेस सरकारमा सहभागी हुने, प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय

५ चैत्र २०७९,
काठमाडौं ।

नेपाली कांग्रेसले सरकारमा सहभागी हुने निर्णय गरेको छ । आज संसद् भवनको ल्होत्से हलमा बसेको पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको बताए ।

उनले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिएपछि सरकार विस्तार हुने पनि बताए । संविधानको रक्षा, संवर्द्धन, वृहत्तर देशको विकास र समृद्धि, स्थिरतालाई केन्द्रमा राखेर सरकारले काम गर्ने अपेक्षासहित कांग्रेस सरकारमा जाने निर्णय भएको महतले बताए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय