२ चैत्र २०७९,
काठमाडौं ।
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अवधि बिहीबार राति १२ बजेदेखि सुरु हुँदैछ।
स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका, २०७९ को दफा ११ मा स्ववियु निर्वाचन आचारसंहिता उल्लेख गरिएको छ। सो अन्तर्गत मतदान हुनुभन्दा ४८ घण्टादेखि अगाडिदेखि निर्वाचनको प्रचारप्रसार गर्न नपाइने व्यवस्था राखिएको छ।
त्रिभुवन विश्वविद्यालयका विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक प्राध्यापक पशुपति अधिकारीले स्ववियु निर्वाचनलाई सहजीकरण गर्न मौनअवधि राख्ने व्यवस्था भएको जानकारी दिए ।