१ चैत्र २०७९,
काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिने भएका छन् । शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने तयारी गरेका हुन् ।
‘प्रधानमन्त्री प्रचण्डले गत मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासहित जसपा अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत शीर्ष नेतासँग परामर्श गरेपछि चैत ६ गते विश्वासको मत लिने तयारी गरेका हुन् । यद्यपि औचारिक निर्णय भएको छैन ।
विश्वासको मत पछि मात्रै प्रधानमन्त्री प्रचण्ड मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका छन् । नेकपा (एमाले) ले प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएसँगै उनी नेतृत्वको सरकार अल्पमतमा परेको हो ।