१ चैत्र २०७९,
काठमाडौं ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को नयाँ ओडिआई वरियतामा नेपालले सुधार गरेको छ । आइसिसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ।
नेपाल यसअघि १७ औं स्थानमा थियो । नेपालले नामिबियालाई पछि पार्दै १६ औं स्थानमा उक्लिएकोछ । नेपाल भन्दा पछि नामिबिया १७ औं, अमेरिका १८ औं, युएई १९ औं र पपुवा न्युगिनी २० औं स्थानमा छन् । नेपाल भन्दा अघि ओमान १५ औं, नेदरल्यान्ड्स १४ औं, जिम्बावे १३ औं र स्कटल्यान्ड १२ औं स्थानमा छ ।
भारत शीर्ष, अष्टेलिया दोस्रो, न्युजिल्यान्ड तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ । त्यस्तै पाकिस्तान पाँचौं, दक्षिण अफ्रिका छैटौं, बंगलादेश सातौं, श्रीलंका आठौं, अफगानिस्तान नवौं, वेस्टइन्डिज १० औं र आयरल्यान्ड ११ औं स्थानमा छन् ।