१ चैत्र २०७९,
काडमाडौं ।
नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जसपाका उम्मेदवार रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको छ ।
आज बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितको बैठकले यादवलाई मत दिने निर्णय गरेको बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनमा यादव सत्ता गठबन्धनकातर्फबाट उम्मेदवार छन् । नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपतिको उम्मेदवार छन् ।
यस्तै आजको बैठकले राष्ट्रपतिमा निर्वाचित रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिएको छ ।
कांग्रेसले आउँदो वैशाख १० गते चितवन–२ मा हुने उपचुनावका लागि उम्मेदवारको नाम सिफारिस गर्न संवैधानिक निकायलाई आग्रह पनि गरेको छ ।