२६ फागुन २०७९,
काठमाडौं ।
नेपाल प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन्।
शुक्रबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले पाँच डीआईजीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।
बढुवा सिफारिसको १ नम्बरमा डीआईजी वसन्तबहादुर कुँवर छन् । दोस्रोमा टेकप्रसाद राई, तेस्रोमा दिपक थापा, चौथो श्यामलाल ज्ञवाली र पाँचौंमा किरण बज्राचार्य छन् ।
५६ वर्षे उमेर हदका कारण एआईजीहरू विश्वराज पोखरेल, मुकुन्दराज आचार्य, अरुणकुमार बीसी, रवीन्द्रबहादुर धानुक र पूजा सिंहले अवकाश पाएसँगै नेपाल प्रहरीमा ५ एआईजी पद रिक्त थियो।
राष्ट्रपतिको निर्वाचनअघि आचारसहिंता लाग्ने भएपछि एआईजी बढुवा प्रक्रिया अघि बढ्न सकेको थिएन। बिहीबार राष्ट्रपति निर्वाचन सकिएसँगै गृह मन्त्रालयले निर्वाचन आयोगबाट बढुवाका लागि अनुमति पाएपछि शुक्रबार पाँच डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरिएको हो।