Google search engine

राष्ट्रपतिको निर्वाचनमा मतदान नगर्ने राप्रपाको निर्णय

२४ फागुन २०७९,
काठमाडौं ।

राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीले मतदान नगर्ने निर्णय गरेको छ। बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रपति निर्वाचनमा मतदानमा सहभागी नहुने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

भोलि बिहीबार राष्ट्रपतिको निर्वाचन हुँदैछ। राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमाले उपाध्यक्ष सुवास नेम्वाङ मैदानमा छन्।

दुबै उम्मेदवारमा जतातिर लागे पनि राप्रपा निर्णायक नदेखिने भएकोले पनि राप्रपा मतदानमा सहभागी नहुने श्रेष्ठले बताए।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय