Google search engine

रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

१३ फागुन २०७९,
काठमाडौं ।

नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान पार्टी कार्यालय सानेपामा बसेको बैठकले राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने सर्वसहमतिले निर्णय गरेको हो ।

पौडेलले आजै नयाँ बानेश्वरमा रहेको सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा आफ्नो उम्मेदवारी दर्ता गर्नेछन् । यसअघि हिजो बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपा माओवादी केन्द्रसहितको ८ दलीय बैठकले कांग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए।

राष्ट्रपतिको निर्वाचनका लागि आजै मनोनयन दर्ताको कार्यसूची छ । मतदान यही फागुन २५ गते हुँदैछ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय