Google search engine

राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने आठ दलको सहमति

१२ फागुन २०७९,
काठमाडौं ।

राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने आठ दलबीच सहमति भएको छ । नेकपा (माओवादी केन्द्र) सहितका आठ दलले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलका शीर्ष नेताको बैठकले यस्तो सहमति गरेको नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिए ।

प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनता पार्टी, राष्ट्रिय जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका शीर्ष नेता सहभागी थिए।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय