Google search engine

डीआईजी सिंहको राजीनामा स्वीकृत

११ फागुन २०७९,
काठमाडौं ।

नेपाल प्रहरीका डीआईजी अशोक सिंहले दिएको राजीनामा स्वीकृत भएको छ । बुधबार उनले प्रहरी प्रधान कार्यालयमा पुगेर आफ्नो राजीनामा बुझाएका थिए ।

प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको राजीनामा पत्र गृहमन्त्री समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार स्वीकृत गरेका हुन् ।

डीआईजी सिंहको उमेर विवादका कारण राजीनामा दिएका हुन् । २०४२ जेठ २२ मा जारी उनको नागरिकतामा सिंहको उमेर १८ वर्ष उल्लेख गरिएको छ ।

शैक्षिक योग्यताको प्रमाणपत्रमा सिंहको जन्ममिति २०२५ साल पुस १६ उल्लेख भएको पाइएपछि उनी विवादमा तानिएका थिए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय