Google search engine

जसपालाई उपराष्ट्रपति दिन माओवादी सकारात्मकः उपेन्द्र यादव

११ फागुन २०७९,
काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन नेकपा (माओवादी केन्द्र) सकारात्मक भएको बताएका छन् ।

बिहीवार सिंहदरबारमा रहेको माओवादी केन्द्रको संसदीय दलमा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै अध्यक्ष यादवले यस्तो बताएका हुन् ।

छलफलका क्रममा आफूहरूले राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव तथा सरकारको विषयमा धारणा राखेको उनले बताए । प्रधानमन्त्री दाहाल जसपालाई उपराष्ट्रपति दिन सकारात्मक भएको उनको भनाइ छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय