४ फागुन २०७९,
काठमाडौं ।
खाना पकाउने ग्यास सिलिण्डर विस्फोटबाट घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । उपचारका क्रममा बिहान ११ बजे हरिकलाको निधन भएको कीर्तिपुर अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनको शरीरको ७० प्रतिशत भाग जलेको थियो ।
ग्यास विस्फोटबाट घाइते भएका सांसद भण्डारीलाई भने थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ । डाक्टरको सल्लाहअनुसार भण्डारीलाई थप उपचारका लागि मुम्बई लैजाने तयारी गरिएको उनका स्वकीय सचिव भुवन भुसालले जानकारी दिए ।
बुद्धनगरमा रहेको घरमा गएराति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरुलाई राति नै कीर्तिपुर अस्पताल लगिएको थियो ।