Google search engine

यातायात मजदूरको आन्दोलन स्थगित, सरकारसँग ५ बुँदे सहमति

२ फागुन २०७९,
काठमाडौं ।

यातायात मजदूर र सरकारबीच ५ बुँदे सहमति भएको छ । मंगलबार बिहान सिंहदरबारमा भएको वार्तापछि उपत्यकामा आज गरिएको यातायात हड्ताल स्थगित गर्ने लगायत ५ बुँदे सहमति भएको हो । सरकारसँगको सहमतिसँगै यातायात व्यवसायी तथा मजदूरले आन्दोलन स्थगित गरेका छन् ।

वार्तामा उपत्यकाबाहिर सञ्चालन हुने यातायात, फागुन १ गते गोंगबुमा भएको आन्दोलन, समग्र यातायात क्षेत्र सुधारका लागि गठित कार्यदल र र उपत्यकाव्यापी हड्तालका विषयमा छलफल भएको थियो । छलफलपछि उपत्यकाबाट बाहिर सञ्चालन हुने सवारी साधनबारे उठेका विषयका सम्बन्धमा माघ २९ मा गठित यातायात सुधार कार्यदलको प्रतिवेदन प्राप्त नहुञ्जेलसम्म यातायात सञ्चालनको व्यवस्थापनका लागि सम्बद्ध निकायलाई अनुरोध गर्ने सहमति भएको छ ।

गोंगबुमा सोमबार भएको लुटपाट तथा आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्ने र आन्दोलनका क्रममा पक्राउ परेका निर्दोष व्यक्तिलाई तत्काल रिहाइ गर्ने सहमति भएको छ ।

समग्र यातायात क्षेत्र सुधारका लागि उच्चस्तरीय यातायात सुधार सुझावका लागि कार्यदल गठन भएकोले सो कार्यदलले यातायातसँग सरोकार राख्ने सबै सम्बद्ध पक्षसँग छलफल गरी सुझाव लिने लगायत सहमति भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय