Google search engine

नामिबियामाथि नेपालको ऐतिहासिक जित, कुशलको शतक

२ फागुन २०७९,
काठमाडौं ।

आइसिसी विश्वकप लिग–२ विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले नामिबियालाई पराजित गर्दै सुखद सुरुवात गरेको छ। ओपनर कुशल भुर्तेलको शतकमा नेपालले नामिबियामाथि दुई विकेटको ऐतिहासिक जित हात पारेको हो । ओडिआई क्रिकेट इतिहासमा नेपालले पूरा गरेको यो सर्वाधिक ठूलो योगफल हो ।

त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नामिबियाले दिएको २ सय ८६ रनको लक्ष्य नेपालले ४७ ओभर ४ बलमा ८ विकेट गुमाएर भेटायो । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक १ सय १५ रन बनाए । यस्तै कप्तान रोहित पौडेलले ७२, सन्दीप जोराले २८, ज्ञानेन्द्र मल्लले २५ र करण केसीले २० रन बनाए । बलिङतर्फ स्कटल्यान्डका रुबेन ट्रमपेलमानले ३ र जन निकोल लोफ्टी एटनले २ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा अलआउट हुँदै २ सय ८५ रन बनायो । नामिबियाका लागि माइकल भान लिगेनले सर्वाधिक १ सय ३३ रन बनाए । १ सय ३७ बलको सामना गरेका लिगेनले ९ चौका र ५ छक्का प्रहार गरे ।

बलिङतर्फ नेपालका करण केसीले ५, सन्दीप लामिछानेले ३ तथा सोमपाल कामी र कुशल मल्लले १/१ विकेट लिए ।

यसअघि नेपालले नामिबियासँग ४ खेल खेलेकोमा कुनै पनि खेलमा जित निकाल्न सकेको थिएन। जितसँगै २५ खेलबाट २० अंक जोडेको नेपाल अंकतालिकाको छैटौँ स्थानमा कायम छ।

नेपालले अर्को खेलमा शुक्रवार स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय