Google search engine

आन्दोलन फिर्ता लिन चिकित्सक सहमत, अस्पताल सेवा सुरु

२९ माघ २०७९,
काठमाडौं ।

सरकारसँग सहमति भएपछि चिकित्सकहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बिहान भएको वार्तामा जारी आन्दोलन फिर्ता लिएर अस्पताल खोल्नेबारेमा सहमति भएको हो ।

वार्तामा चिकित्सक कुटिएको घटनाको समग्र पक्षमा एक हप्ताभित्र छानबिन सम्पन्न गरी दोषीलाई कारबाही गर्ने, घाइते चिकित्सकको उपचारको व्यवस्था सरकारले गर्ने, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षा व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गर्ने र चिकित्सक संघले आन्दोलन स्थगित गर्ने सहमति भएको छ ।

शुक्रबार ट्रमा सेन्टरका एक चिकित्सकलाई प्रहरीले घाइते बनाएको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प गर्ने निर्णय गरेको थियो । लगत्तै आज संघ र सरकारी प्रतिनिधिबीच वार्ता भएको थियो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय