Google search engine

आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक सङ्घको निर्णय

२८ माघ २०७९,
काठमाडौं ।

नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य सेवा बन्द गर्ने निर्णय गरेको छ ।

आइतबार देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरूमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय चिकित्सक संघले जनाएको हो ।

शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका बेला भएको स्वास्थ्यकर्मीमाथि प्रहरीले हातपात गरेको थियो । त्यसैको विरोधमा संघले शनिबार एक विज्ञप्ति जारी गर्दै माघ २७ गते राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि राष्ट्रपतिको सवारीका बेला प्रहरीले कुटेर घाइते बनाएको भन्दै सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय