पाकिस्तानका पूर्व सैन्य राष्ट्रपति एवम् सेनाका पूर्वप्रमुख जनरल परवेज मुशर्रफको निधन भएको भएको छ । सैन्य कू बाट शक्तिमा आएका ७९ वर्षका मुशर्रफको निधन भएको बीबीसीले जनाएको छ ।
मुशर्रफ सन् १९४३ मा दिल्लीमा जन्मिएका थिए । तर, सन् १९४७ मा भारतको विभाजनपछि उनका अभिभावकहरू पाकिस्तानमा बसाइँ सरेका थिए ।
सन् १९९८ मा सेना प्रमुख नियुक्त भएका मुशर्रफले त्यसको एक वर्षपछि देशको निर्वाचित सरकारलाई सत्ताबाट हटाएका थिए । सन् २००८ को संसदीय चुनावमा आफ्नो पार्टी पराजय भएपछि महाभियोग छल्न मुशर्रफले राजीनामा दिएर देश छाडेका थिए ।
मुशर्रफ सन् २०१६ देखि उपचारका लागि दुबईमा बस्दै आएका थिए ।