१३ माघ २०७९,
काठमाडौं ।
सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरिदिएको छ । यो फैसलाले उनको उपप्रधान तथा गृहमन्त्री पद पनि गुमेको छ । आजको संवैधानिक इजलासले रविको पद कायम नरहने फैसला गरेको हो।
लामिछाने गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा चितवन २ बाट प्रतिनिधसभा सदस्यमा निर्वाचित भएका थिए । नागरिकताका विषयया लामिछानेलाई विपक्षी बनाउदै रविराज बसौला र युवराज सफलसहितले मुद्दा दायर गरेका थिए ।
अदालतले फैसलामा रविले अमरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेकोले संसद पद खारेज हुने ठहर गरेको छ।