Google search engine

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् विस्तार

३ माघ २०७९,

काठमाडौं ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेसँगै प्रचण्ड नेतृत्वको सरकार २३ सदस्यीय बनेको हो । मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री ४ जना रहेका छन् ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको मंगलबार नै पद तथा गोपनीयताको शपथ भइसकेको छ । पुस ११ गते पहिलो पटक ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका प्रधानमन्त्री प्रचण्डले मंगलबार १२ मन्त्री र ३ राज्यमन्त्री थपेका हुन् ।

सत्ता साझेदार दलमा भएको भागबण्डाअनुसार एमालेले ८, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५ मन्त्री, रास्वपा र राप्रपाले ३–३ मन्त्रालय र जनमतले एउटा मन्त्रालय लिएका छन् । । यस्तै माओवादी, रास्वपा र राप्रपाले १–१ राज्यमन्त्री पनि पाएका छन् ।

नेकपा एमालेबाट उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा विष्णु पौडेल, कृषि तथा पशुपंक्षी विकास मन्त्रीमा ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमा राजेन्द्रकुमार राई, परराष्ट्र मन्त्रीमा डा. विमला राई पौड्याल, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा पदम गिरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा भगवती चौधरी र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेती रहेका छन् ।

नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्री पुष्पकमल दाहाल , उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा सुदन किराती र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा अमनलाल मोदी रहेका छन् । त्यस्तै सुशीला शिर्पाली ठकुरी पर्यटन राज्यमन्त्री बनेकी छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा. तोसिमा कार्की रहेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, शहरी विकास मन्त्री बिक्रम पाण्डे, कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा दीपकबहादुर सिंह रहेका थिए ।

त्यस्तै जनमत पार्टीबाट खानेपानी मन्त्री अब्दुल खान रहेका छन् ।

प्रचण्ड नेतृत्वको सरकारमा अझै २ मन्त्रालय मन्त्रीविहीन बनेका छन् ।  वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय भने अझै विभाजन गरिएको छैन ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय