१ माघ २०७९,
काठमाडौं ।
पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परी ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
आज विहान भएको यती एयरको ९ एन एएनसी विमान दुर्घटनामा हालसम्म ६८ जनाको शव फेला परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
विमानमा ६८ जना यात्रु र चालक दलका ४ सदस्यसहित ७२ जना सवार रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका प्राधिकरणले जानकारी दिएको छ ।
सेती नदीको खोंचमा दुर्घटना भएको विमानमा सवार ६८ जनाको शव फेला परे पनि ४ जना अझै भेटिएका छैनन्। बेपत्ताको खोजी गर्न सशस्त्र प्रहरी बल बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट इन्सपेक्टरको कमान्डमा गोताखोर र रोप रेस्क्यु गरि १५ जनाको टोली पोखरा पठाइएको छ।