Google search engine

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश, विदेश जान नपाइने

२८ पुस २०७९,
काठमाडौं ।

बलात्कार अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले २० लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । तर, लामिछानेलाई विदेश जान भने रोक लगाइएको छ ।

एक नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको आदेशविरुद्ध सन्दीपले मंसिर २९ गते उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।

सन्दीपविरुद्धको बलात्कार मुद्दा भने जिल्ला अदालत काठमाडौंमा विचाराधीन अवस्थामा छ ।

धरौटी रकम बुझाउन र अदालतको आदेश समयमै उपलब्ध नहुँदा लामिछाने शुक्रबार मात्रै थुनामुक्त हुने भएका छन् ।

यसैगरी उच्च अदालतले लामिछानेलाई जाहेरीकर्ता वा उनका परिवारका सदस्यलाई भेट्न वा कुनै पनि माध्यमबाट सम्पर्क गर्न पनि रोक लगाएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine