Google search engine

बेथानचोकमा १० शैयाको आधारभूत अस्पतालको शिलान्यास

२० पुस २०७९,
बेथानचोक, काभ्रे ।

बेथानचोक गाउँपालिकामा १० शैयाको आधारभूत अस्पतालको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले आज एक कार्यक्रमबीच अस्पताल भवनको शिलान्यास गरेका हुन् ।

बेथानचोक गाउँपालिकाको वडा नं ४ स्थित गुम्बुडाँडामा अस्पतालको शिलान्यास गर्दै अध्यक्ष अधिकारीले स्वास्थ्य नै सबैभन्दा ठूलो धन भएकाले नागरिकको स्वास्थ्य प्रति गाउँपालिका गम्भीर भएर लागि गर्ने बताए । गुम्बुडाँडा सबै वडाहरुलाई पायक पर्ने स्थान भएको बताउँदै उनले अस्पतालसम्म पुग्ने पक्की बाटो र खानेपानीका लागि गाउँपालिकाले पहल गर्ने आश्वासन दिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिनाले अस्पतालको समयमै निर्माण सम्पन्न गराउन सरोकारवाला निकायलाई आग्रह गरिन् । ग्रामिण भेगमा स्तरीय स्वास्थ्य सेवा प्रदान गर्न गाउँपालिका प्रतिवद्ध रहेको भन्दै उनले अस्पताललाई सुविधासम्पन्न गराउन हरसम्भव प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको संघीय अनुदानबाटे देशभर ५, १० र १५ शैया सम्मको अस्पताल नभएका स्थानीय पालिकाहरुमा अस्पतालको भवन बनाउने योजना अनुसार अस्पताल भवनको शिलान्यास भएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले जानकारी दिए । राष्ट्रिय स्तरको इ–बिडिङ बोलपत्र माग गरिएको अस्पताल निर्माणका लागि कूल ८ करोड ९ लाख ५३ हजार ५ सय ४२ रुपैया ६९ पैसामा ब्राइट मल्टी कन्ष्ट्रक्शनले निर्माण जिम्मा पाएको उनले बताए । अस्पताल २ वर्ष भित्र निर्माण सम्पन्न भइसक्ने उनले बताए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine