Google search engine

नयाँ गठबन्धन अवसर केन्द्रित भएको कांग्रेस प्रवक्ताको आरोप

२० पुस २०७९,
काठमाडौं ।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले अहिले बनेको गठबन्धन अवसर केन्द्रित भएको आरोप लगाएका छन् ।

आज केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतको गठबन्धन पद प्राप्तिको लागि मात्र भएको आरोप लगाएका हुन् ।

अवसरको लागि एकजुट भएको गठबन्धन भएकाले यसको आयु छोटो समेत हुनसक्ने उनले आशंका व्यक्त गरे । आफ्नो पार्टी वैकल्पिक गठबन्धन बनाएर सरकारमा जाने सोचमा नभएकाले पनि नयाँ गठबन्धन नबनाएको उनको भनाइ थियो ।

अहिले बनेको गठबन्धन राजतन्त्र चाहिनेदेखि गणतन्त्र चाहिने तथा संघीयता चाहिने र नचाहिनेबिचको गठबन्ध भएकाले पनि चाँडै नै टुट्ने उनले आशंका व्यक्त गरे।

प्रवक्ता महतले गठबन्धन तोडिनुमा नेपाली कांग्रेसको दोष नभएको दाबी गरे । कांग्रेसले प्रचण्डलाई नेतृत्व दिएर गठबन्धन निरन्तरता दिने विकल्पमा छलफल गर्ने समय नै नपाएको उनको दाबी छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine