Google search engine

प्रचण्ड र माधव नेपालबीच भेटवार्ता

२० पुस २०७९,
काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार सिंहदरबारस्थित नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा प्रचण्डले सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए । जवाफमा अध्यक्ष नेपालले पार्टीभित्र सल्लाह गरेर निर्णय गर्ने बताएका थिए । प्रधानमन्त्री प्रचण्डले यहीँ पुस २६ गते विश्वासको मत लिँदैछन् ।

भेटवार्ताका क्रममा सरकारमा जाने नजानेबारे कुनै कुराकानी नभएको नेता नेपालको भनाइ छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine