Google search engine

निर्वाचन आयोगको जरिवानाविरुद्ध बालेनले दिए सर्वोच्चमा रिट

१९ पुस २०७९,
काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दिएका छन् ।

वैशाख ३० गते सम्पन्न चुनाव खर्च ढिलो गरी बुझाएको भन्दै निर्वाचन आयोगले प्रमुख साह लगायत स्थानीय तहको निर्वाचनका धेरै उम्मेदवारलाई जरिवाना लाई जरिवाना तोकेको थियो । आयोगको सो निर्णयविरुद्ध बालेनले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

आयोगले प्रमुख साहलाई सात लाख ५० हजार रुपियाँ जरिवाना तोकेको थियो । त्यस्तै, सात लाख ५० हजार रुपियाँ चुनाव खर्च गर्न पाउने भए पनि आफूले तीन लाख ९४ हजार ४८९ रुपियाँ मात्रै खर्च भएको विवरण आयोगमा बुझाएको उनले बताएका छन् ।

उनले आफूले कानुनले तोकेको अवधिभित्रै असार १२ गते निर्वाचन आयोगमा खर्च विवरण पेश गरेको दाबी गरेका छन् । निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र निर्वाचन खर्चको विवरण पेश गर्नु पर्नेमा ३० औं दिनमा सार्वजनिक विदा परेकाले त्यसको भोलिपल्ट पेश गरेको बालेनको दाबी छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine