Google search engine

राहदानी तथा परिचयपत्र वितरण सहज बनाउन विज्ञ टोली गठन

१६ पुस २०७९,
काठमाडौं ।

गृहमन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्र वितरणलाई सहज बनाउ पहल थालेको छ ।

मन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचयपत्र प्राप्त गर्न लामो र झन्झटिलो प्रक्रिया भएकाले त्यसलाई सहज बनाउन विज्ञ टोली गठन गरेको हो । टोलीले बुझाउने प्रतिवेदनका आधारमा समस्या समाधान गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलले सूचना प्रविधि विज्ञहरूको टोली गठन गरेर अध्ययन सुरु गरिएको जानकारी दिए । अध्ययन प्रतिवेदनका आधारमा समस्याको समाधानतर्फ लागिने उनले बताए।

मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गृहमन्त्री रवि लामिछानेले राहदानीलगायत महत्वपूर्ण परिचय पत्र वितरणलाई सहज बनाउने र लाइन लाग्नु पर्ने बाध्यता हटाउने बताएका थिए ।

यसै विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमनत्री लामिछानेबीच शनिवार बिहान बालुवाटारमा छलफल भएको थियो ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine