Google search engine

एमडीएमएस प्रणाली तत्काल कार्यान्वयनमा नल्याउने

१५ पुस २०७९,
काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल लागू नगर्ने भएको छ । प्राधिकरणले आजदेखि यो प्रणाली लागू गर्ने तयारी गरेको थियो ।

सरकारको यो निर्णयको चौतर्फीरुपमा विरोध भएपछि तत्कालका लागि एमडीएमएस प्रणाली स्थगन गरिएको हो । सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेललाई तत्काल यो निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीको निर्देशन लगत्तै प्राधिकरणले पनि यो निर्णय तत्कालका लागि स्थगन भएको र विदेशबाट आउनेले थप एउटा मोबाइल ल्याउन पाउने व्यवस्था कायमै रहेको जनाएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine