१५ पुस २०७९,
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । प्रधानमन्त्री मोदीकी आमा हिरावेनको १ सय वर्षको उमेरमा आज बिहान निधन भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि गत मंगलबार गुजरातको अहमदावादस्थित अस्पतालमा भर्ना गरिएको हिरावेनको उपचारकै क्रममा विहान पौने ४ बजे निधन भएको हो । प्रधानमन्त्री मोदी गत बुधबार अस्पताल पुगेर आमाको स्वास्थ्य अवस्था बुझेर दिल्ली फर्किएका थिए ।
मोदीले यसै वर्षको जुन १८ तारिखमा आमा हिरावेनको सय वर्षको जन्म जयन्ती मनाएर शताब्दी वर्ष सुरु गरेको जानकारी गराएका थिए ।