१४ पुस २०७९,
काठमाडौं ।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले केसीलाई बिहीबार निलम्बन गरेको हो ।
केसीले ब्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछि उनीमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले अनुसन्धान गरेको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई निलम्बन गर्नुपर्ने भन्दै प्रहरी प्रधान कार्यालयमा लेखेर पठाएको थियो ।
‘घुस’ बार्गेनिङ गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पुस १० मा साँझ निवासबाट आन्तरिक नियन्त्रणमा लिएको थियो । केसीको निवासबाट ३५ तोला सुन, ८ लाख ५० हजार रूपैयाँ, ९ लाख ५० हजार रूपैयाँको खिम जिसीको नाममा रहेको चेक बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।