Google search engine

प्रभु साहले घोषणा गरे आम जनता पार्टी

१४ पुस २०७९,
काठमाडौं ।

नेकपा एमाले परित्याग गरेर स्वतन्त्रबाट प्रतिनिधि सभाको निर्वाचन जितेका सांसद प्रभु साहले नयाँ पार्टी खोलेका छन्। साहले आफ्नै नेतृत्वमा आम जनता पार्टी गठन गरेका छन् ।

बिहीबार काठमाडौं भएको भेलाले प्रभु साहको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय तदर्थ समिति गठन गरेको हो । बैठकले प्रदेशका अध्यक्ष र इन्चार्ज पनि तोकेको छ ।

प्रदेश नम्बर १ मा हरिप्रसाद पोखरेल अध्यक्ष छन् भने रामप्रित राम इञ्चार्ज छन्। मधेश प्रदेशमा श्रीचन मुखिया अध्यक्ष छन् भने उपेन्द्र साह इञ्चार्ज छन्। वागमतीमा नाम्गेल मोक्तान अध्यक्ष र बद्रीप्रसाद न्यौपाने इञ्चार्ज तोक्ने निर्णय भएको छ।

गण्डकी प्रदेशमा राजन यादव अध्यक्ष र बद्री प्रसाद न्यौपने इञ्चार्ज छन्। परमानन्द बर्मा लुम्बिनीको अध्यक्ष छन् भने रिता देवी इञ्चार्ज छन्। कर्णालीमा सियाराम कुश्वाहा अध्यक्ष छन् भने उपेन्द्र साह इञ्चार्ज छन्। केशव राय चौधरी सुदुरपश्चिमको अध्यक्ष छन् भने कुन्दन कुश्वाहा इञ्चार्ज छन्।

आम जनता पार्टीको जनवर्गीय संगठन तथा विभागहरुको पनि जिम्मेवारी तोकिएको छ । जसमा आईटी आर्मीको अध्यक्षमा चन्द्रभूषण साह र इन्चार्जमा प्रभु साह रहेका छन् । आम दलित मोर्चा, आम महिला मोर्चा, आम विद्यार्थी मोर्चा र आम किसान मोर्चा प्रभु साहको पार्टीका जनवर्गीय संगठन हुन्।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine