Google search engine

सुरक्षा निकायका पदाधिकारीले कूटनीतिक नियोग र नेतासँग भेटघाट गर्दा स्वीकृति लिनुपर्ने

१४ पुस २०७९,
काठमाडौं ।

सुरक्षा निकायका पदाधिकारीले कूटनीतिक नियोग र राजनीतिक नेतृत्वसँग भेटघाट गर्दा विभागीय स्वीकृति लिनुपर्ने भएको छ ।

गृह मन्त्रालयले बिहीबार सुरक्षा निकायका पदाधिकारीलाई स्पष्ट प्रयोजनका साथै विभागीय स्वीकृति नलिई राजनीतिक दलका नेता तथा कूटनीतिक नियोगका नेतृत्वसँग भेटघाट नगर्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ती जारी गर्दै यस बारे जानकारी दिएका हुन् । विज्ञप्तीमा निर्देशन विपरीत कार्य गरे गराएको पाइएमा प्रचलित कानुनबमोजिम अनुशासनसम्बन्धी कारबाही हुने उल्लेख छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine