Google search engine

प्रधानमन्त्री प्रचण्ड सरकारी निवास बालुवाटारमा

१३ पुस २०७९,
काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सरेका छन् । ज्योतिषी टिकाराम घिमिरेले जुराएको साइत अनुसार प्रचण्ड निजी निवास खुमलटारबाट बालुवाटारमा सरेका हुन् ।

सरकारी निवास बालुवाटारको चाबी प्रचण्डकी छोरी गंगा दाहालले बुझेकी छन् ।

यसअघि दुई पटक प्रधानमन्त्री भएका प्रचण्ड १०/१० महिना गरी २० महिना बालुवाटार बसिसकेका छन् । आइतवार प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका प्रचण्ड निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट नसरेकाले खुमलटारमै बसेका थिए ।

देउवा बुधवार नै महाराजगञ्जको भाडाको घरमा सरेका छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine