१३ पुस २०७९,
काठमाडौं ।
नेपाली कांग्रेसको बाग्मती प्रदेश सभा संसदीय दलको नेतामा बहादुर सिंह लामा निर्वाचित भएका छन् । बुधवार बाग्मती प्रदेशको कार्यालय हेटौँडामा भएको निर्वाचनमा लामाले निकटतम प्रतिस्पर्धी इन्द्रबहादुर बानियाँलाई पाँच मतले पराजित गरेका हुन् ।
लामाले २१ मत पाउँदा बानियाँले १६ मत प्राप्त गरेका छन् । यसअघि संसदीय दलको नेताको चुनावका लागि कांग्रेस बाग्मती प्रदेश उपसभापति चन्द्र महर्जनको संयोजकत्वमा निर्वाचन समिति गठन भएको थियो ।