१२ पुस २०७९,
काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस २५ गते सोमबार दिउँसो १ बजेका लागि संघीय संसद्को बैठक आह्वान गरेकी छिन् ।
मङ्सिर ४ गते सम्पन्न संघीय निर्वाचनपछि पहिलो पटक संसद् बैठक आह्वान गरिएको हो । प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सोमबार मन्त्रिपरिषद् गठन भएपछि सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले संसद् बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।