Google search engine

प्रचण्ड ४४ औं प्रधानमन्त्री नियुक्त

१० पुस २०७९,
काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री पदमा नियुक्त भएका छन् ।

राष्ट्रपति विद्या भण्डारीले मङ्सिर ४ मा भएको संघीय निर्वाचनमा प्रतिनिधि सभामा कुनै पनि राजनीतिक दलले स्पष्ट बहुमत हासिल गर्न नसकेपछि दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन आह्वान भए अनुसार दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।

प्रधानमन्त्री बन्न प्रचण्डलाई ७ दल र तीन स्वतन्त्रको समर्थन रहेको छ । प्रचण्डले नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीसहितका सांसदको समर्थन रहेको हस्ताक्षर पेश गरेपछि उनलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

यो सँगै प्रचण्ड नेपालको ४४ औं प्रधानमन्त्री बनेका छन् ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine