१० पुस २०७९,
काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन् ।
ओली निवास बालकोटमा भएको छलफलमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, नागरिक उन्मुक्ति पार्टी र जनमतसहितको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भएको हो ।
सहमतिअनुसार एमालेले राष्ट्रपति र सभामुख लिने भएको छ । बैठक सकिएसँगै शीर्ष दलका नेताहरू राष्ट्रपति निवास शीतलनिवासतर्फ गएका छन् । १६६ सांसदको समर्थनसहित उक्त टोली राष्ट्रपति कार्यालय पुगेका छन् ।