८ पुस २०७९,
काठमाडौं ।
सर्वोच्च अदालतको आदेशपछि शुक्रबार रिहा भएका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई आजै फ्रान्स पठाइने भएको छ ।
शुक्रबार शोभराज १९ वर्ष तीन महिनापछि सुन्धारास्थित केन्द्रीय कारागारबाट रिहा भएका छन् । रिहा भएका शोभराजलाई आजै अध्यागमन विभाग बुझाइएको थियो ।
सर्वोच्च अदालतले बुधबार १५ दिनभित्र डिपोर्ट आदेश दिएको थियो । शोभराजलाई आज साँझको उडानबाट फ्रान्स पठाइने भएको छ ।
सन् १९७५ मा दुई विदेशी नागरिकको हत्या र फर्जी राहदानी प्रयोग गरेको अभियोगमा शोभराजलाई सर्वस्वसहित जन्मकैद हुनेगरी छुट्टाछुट्टै मुद्दा चलाइएको थियो ।