Google search engine

बाग्मतीका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

८ पुस २०७९,
काठमाडौं ।

बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पदबाट राजीनामा दिएका छन् ।

सङ्घीय संसदमा निर्वाचित भएर हिजो शपथ ग्रहण गरेका पाण्डेले आज प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।

मुख्यमन्त्रीबाट राजीनामा नदिइकन सङ्घीय सांसदको शपथ लिएपछि उनको आलोचना भएको थियो ।

पाण्डेले २०७८ कात्तिक ११ गते प्रदेशको मुख्यमन्त्रीको रूपमा जिम्मेवारी सम्हालेका थिए ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine