Google search engine

कोरोना जोखिम बढी रहेकाले सतर्कता अपनाउन मन्त्रालयको आग्रह

७ पुस २०७९,
काठमाडौं ।

सरकारले कोरोना भाइरस नयाँ स्वरुमा देखा पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

विश्वव्यापी रूपमा केही देशमा सङ्क्रमणका नयाँ स्वरूपमा कोरोना जोखिम बढी रहेकाले सचेत रहन सरकारले आग्रह गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले कोभिड–१९ सङ्क्रमणको जोखिम विश्वमा फरक स्वरूपमा देखिरहेकाले नेपालमा सतर्कता अपनाउन आग्रह गरेका हुन् । मन्त्रालयले सम्पूर्ण प्रवेश बिन्दुका हेल्थ डेस्कले तथा स्वास्थ्य संस्थालाई आवश्यक तयारी अवस्थामा रहन आग्रह गरेको छ ।

कोरोना सङ्क्रमण फैलन नदिन मास्कको प्रयोग गर्न, भौतिक रूपमा दूरी कायम राख्न र हातको सरसफाइमा विशेष ध्यान दिन मन्त्रालयको अनुरोध छ ।

नयाँ भेरियन्ट फैलिँदै गरेको अवस्थामा मन्त्रालयले निगरानी बढाउने एवम् सम्बन्धित देशहरूसँग समन्वय गर्ने कार्य गरिरहेको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । तर, छिमेकी मुलुकमा पुष्टि भएको बिएफ ७ भने हालसम्म नेपालमा पुष्टि नभएको मन्त्रालयले जनाएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine

लोकप्रिय