Google search engine

शपथअघि जबराले बोलाए सर्वदलीय बैठक

६ पुस २०७९,
काठमाडौं ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बस्ने गरी सर्वदलीय बैठक आह्वान भएको छ ।

बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसदको ज्येष्ठ सदस्यको रुपमा राप्रपा नेता पशुपति शमशेर राणाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनले भोलि बिहीबार दिउँसो १ बजे नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ गराउँदैछन् । तर, यसअघि बिहीबार मध्यान्ह १२ बजेका लागि प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको बैठक आह्वान गरिएको हो ।

बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका १÷१ जना र स्वतन्त्रबाट निर्वाचित सांसदलाई बोलाइएको छ ।

समन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
Google search engine
- Advertisment -
Google search engine

लोकप्रिय

- Advertisment -
Google search engine